काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको आयोजना १२१ जना अटो मेकानिक्स व्यबसायीलाई एन्टिजेन प्रविधिबाट कोभिड–१९ जाँच गरिएको छ ।
ललितपुर महानगरपालिकाको सहयोगमा संघले आयोजना गरेको उक्त चेकजाँचका क्रममा ३ जना अटो मेकानिक्स व्यवसायीमा कोरोना पोजिटिभ देखिएको छ ।
सानेपास्थित न्यु जल्पादेवी अटो वर्कसपमा व्यवसायीहरुको कोभिड परिक्षण गरिएको थियो ।
आगामी असार २० गते आइतबार ललितपुरको हात्तिवनस्थित बिष्णु अटो वर्कशपमा अन्य व्यवसायीहरुलाई समेत चेकजाँच गर्ने कार्यक्रम रहेको संघका निवर्तमान अध्यक्ष दीपक खड्काले अखबारपत्रलाई बताए ।
नेपाल अटो मेकानिक्स व्यवसायी संघले केही दिन पहिले तत्कालीन स्वास्थ्य मन्त्री शेरबहादुर तामाङसँग खोप उपलब्ध गराउन समेत माग गरेको थियो । उनले आगामी दिनमा खोप उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए ।