काठमाडौं। मंगल ग्रहको दक्षिणी ध्रुवको मुनि वैज्ञानिकहरुले यसअघि सोचेभन्दा धेरै पानी हुन सक्ने बताएका छन् ।
यो रातो ग्रहको दक्षिणी ध्रुवको तल केही यस्तो वस्तु छ जो तलतिर गइरहेको छ । यसलाई वैज्ञानिकले अहिलेसम्म बुझ्न सकेका छैनन् । राडारको संकेतले भने यहाँ जलीय स्रोतको सम्भावना भएको जनाएको छ । युरोपियन स्पेस एजेन्सीको मार्स एक्सप्रेस स्पेसक्राफ्ट र मार्स एड्भान्स राडारबाट प्राप्त तथ्यांकको विश्लेषणपछि वैज्ञानिकहरुले यस्तो दावी गरेका हुन्।
मार्स एक्सप्रेस स्पेसक्राफ्टको आंकडाअनुसार वैज्ञानिकहरुले मंगल ग्रहको दक्षिणी ध्रुवमा जमिनमुनि १९ किलोमिटर फराकिलो र १.६ किलोमिटर गहिरो तालको संकेत र प्रमाण पाएका छन् । यो ताल माथि सुख्खा र उबडखाबड सतहको धेरै तल छ । अब यही स्पेसक्राफ्टका वैज्ञानिकहरुले फेरि यो दावीको पुष्टिको सम्भावना जनाएका छन्।
मार्स एक्सप्रेस स्पेसक्राफ्टमा जडित मार्स एड्भान्स राडार फर सबसरफेस एण्ड आयोनोसकोपिक साउन्डिङ (एमएआरएसआइएस) को डाटाबाट २०१८ मा भएको खोज सही भएको थाहा हुन्छ।
वैज्ञानिकहरुका अनुसार त्यहाँ एउटा मात्र होइन दर्जनौं ताल छन् । यीमध्ये केही १० किलोमिटर फराकिला छन् । यस्ता करिब ३ तालको आकारको सही अनुमान गर्न सकिएको छ । एमएआरएसआइएसको डाटालाई यस वर्ष गहिरो रुपमा चाँच गर्दा यो कुरा सही भएको थाहा भयो । एरिजोना स्टेट युनिभर्सिटीका डक्टरोल शोधार्थी आदित्य खुल्लर र एमएआरएसआइएसका को–प्रिन्सिपल इन्भेस्टिगेटर तथा नासाका जेट प्रोपल्सन ल्याबोरेटोरीका वैज्ञानिक जेफरी प्लाउटले राडारका ४४ हजार तथ्यांकको हध्ययन गरेका हुन् । यी तथ्यांक पछिल्लो १५ वर्षमा जम्मा गरिएका थिए।
आदित्य खुल्लर र जेफरी प्लाउटका अनुसार यो अवधिमा एमएआरएसआइएसले ४ अन्य ताल पत्ता लगाएको छ । यी एक अर्कासँग निकै टाढा छन् तर कैयौं अरु तालहरु पनि छन् जो एक अर्कासँग धेरै नजिक छन् । यो ठाउँ यति चिसो छ कि यहाँ तरल रुपमा पानी रहनै सक्दैन। यहाँ पानी जमेर बरफ बन्छ जस्तो कि हाम्रो पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा पानी बरफ बनेको छ।
आदित्य र जेफरीले एक बयानमा आफूहरुले राडारबाट थाहा भएको पानी तरल हो वा हिउँ हो भन्ने प्रस्ट छैन तर मंगल ग्रहको दक्षिणी ध्रुवमा दर्जनौं तालहरु भने छन् जो जमिनभित्र छन्।
आदित्य र जेफरीका अनुसार अब उनीहरु यो पत्ता लगाउने प्रयासमा छन् कि राडारको संकेतले पानीतर्फ नै इशारा गरेको हो वा त्यहाँ अरु नै यस्तो केही चिज छ जसमा निश्चित समयको अन्तरालमा हलचल भइरहेको छ । आदित्यका अनुसार ज्वालामुखीय गतिविधि पनि यसको पछाडि ठूलो कारण हुन सक्छन्। पछिल्ला केही वर्षमा मंगल ग्हको दक्षिण ध्रुवमा ज्वालामुखीय गतिविधि भएका छैनन् । यदि यस्तो भएको भए गर्मीका कारण हिउँ पग्लिएर तरल रुपमा जमिनभित्र रहन्छ।
आदित्य र जेफरीले अहिले मंगल ग्रहको दक्षिणी ध्रुवको तल दर्जनौं ताल भएको सम्भावना देखाएका छन् तर यो पानी तरल रुपमाछ वा जमेको हिउँको रुपमा छ भन्ने पुष्टि गर्न सकिरहेका छैनन् । यो रिसर्च रिपोर्ट आलै जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित भएको छ । गत वर्ष मात्र नासाका वैज्ञानिकहरुले मंगल ग्रहमा तीन तालहरु खोजेका थिए । यदि यो पानीको उपयोग गर्न सकियो भने भविष्यमा मंगल ग्रहमा गएर बस्न सकिने सम्भावना देखिएको छ।