गोंगबुमा भेटिएको शवको पहिचान खुलेन अनुसन्धान हुदै




गोंगबुमा भेटिएको शवको पहिचान खुलेन अनुसन्धान हुदै

टोखानगरपालिका–१० नवज्योति मार्ग, गोंगबुमा भेटिएको शवको पहिचान अझै खुल्न सकेको छैन् । शरीर र टाउको काटेर छुट्टाछुट्टै स्थानमा फेलेको अवस्थामा भेटिएको शवको पहिचान नसकेको हो ।

शवको सनाखत हुन नसक्दा प्रहरीलाई अनुसन्धानमा समस्या सिर्जना भएको छ । प्ररहीले शवको पहिचान गर्नका लागि सर्वसाधारणलाई अनुरोध गर्दै सूचनासमेत जारी गरेको छ । तस्वीर सार्वजनिक गरेर चिन्ने व्यक्तिलाई प्रहरीमा खबर गर्न अनुरोध गरेको छ ।

करिब ४०–४५ वर्षको पुरुषको शवको शरीर कालो सुटकेशभित्र र टाउको र खुट्टा झोलामा प्याक गरेको अवस्थामा प्रहरीले आइतबार बिहान फेला पारेको थियो ।

मृतक पुरुषको सनाखत हुन नसकेपछि प्रहरीलाई अनुसन्धान गर्न केही समस्या परेको महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीले बताए । ‘मृतको सनाखत नै हुन नसकेको छैन् । न उनले प्रयोग गरेको मोबाइल र कुनै पहिचान खुल्ने काजजात नै फेला पर्‍यो । अर्को कुरा घटनास्थलमा सीसीटीभी नुहँदा पनि अनुसन्धानमा समस्या आयो,’ एसपी कार्कीले भने ।


प्रतिक्रिया