असार १७ : लायन्स क्लब अफ काठमाडौ सनराइजले Lion Year 2021/2022 को पहिलो दिन July 1, 2021 (२०७८/०३/१७ गते विहिबार थप विस्तारित क्लब- लायन्स क्लब अफ काठमाडौ पाटन सनराइजको उदघाटन गरेको छ ।
क्लब उदघाटन भएको पहिलो दिननै दुई क्लबले संयुक्त रुपमा द्वन्द्व पीडित, भुकम्प र अन्य सामाजिक कारणले अभिभावक विहिन भएका बालबालिकाहरुका लागि खाद्यान्न वितरण गरिएको छ । उक्त कार्यक्रममा खाद्यान्न सामग्री लायन्स क्लब अफ काठमाडौ सनराइजको प्रेसिडेन्ट रिता दाहालले बालगृहलाई हस्तान्तरण गर्नु भयो ।
लायन्स क्लब अफ काठमाडौ सनराइज र हालै विस्तारित क्लब लायन्स क्लब अफ काठमाडौ पाटन सनराइजले संयुक्त रुपमा बाइपास, बालाजु स्थित एकीकृत सृजनशिल समाज नेपालले व्यवस्थापन गरेको बालगृहमा आश्रित बालबालिकाहरुका लागि खाद्यान्न वितरण गरेको हो ।
325 A2 District Governor PMJF Lion Keshav Pandey (केशव पाण्डे) ज्यूको प्रमुख आतिथ्यमा हंगर रिलिफ अन्तरगतको खाद्यान वितरण कार्यक्रम, बालगृहमा आश्रित अभिभावक विहिन वालवालिकाका लागि वितरण गर्ने निर्णय अनुरुप कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब अफ काठमाडौ सनराइजका तर्फबाट क्याबिनेटमा प्रतिनिधित्व गर्ने सम्पुर्ण सिनियर लायन्स, पास्ट प्रेसिडेन्ट, फेलो लायन्स, लियो क्लबका भाइरबहिनीहरु सबैको कार्यक्रममा उपस्थिति रहेको सनराइज पाटनका प्रेसिडेन्ट दिपक खडकाले बताउनु भयो ।