मेलम्ची बाढी पीडितहरुले भोकै खुल्ला आकाशमा रात बिताए




मेलम्ची बाढी पीडितहरुले भोकै खुल्ला आकाशमा रात बिताए

मंंगलबार रातिको अविरल वर्षासंगै आएको बाढीबाट मेलम्ची र हेलम्बुका प्रभावितहरु भोकै खुल्ला आकाशमा रात बिताउन बाध्य भएका छन ।

उनीहरु राहतको पर्खाइमा छन् तर मेलम्ची नगरपालिकाका पाँच सय परिवार र हेलम्बु गाउँपालिकाका विस्थापितहरुले हालसम्म राहत पाएका छैनन्।

मेलम्ची खोलाको बाढीले घर बगाएका हेलम्बुका तिम्बु , किउल , चनौटे , ग्याल्थुम र तारामाराङका बाढी प्रभाबितले दुइ दिन हुँदासम्म पनि राहत पाउन नसकेको स्थानियले गुनासो गरेका छन उनीहरुले  पाल समेत पाउन सकेका छैनन्।

विस्थापित मध्ये कोहि जंगलमा बसिरहेका छन् भने कोहि अरुको घरमा सहारा लिइरहेको छन्। केहि भने खुला ठाँउमा पाल हालेर बसेको स्थानीय रबि खड्काले बताएका छ्न । शोक र भोकमा परेका पिडितका लागि खाध्यन्न आवश्यक रहेको बताइएको छ ।


प्रतिक्रिया