बेलायतमा भेटियो मन्कीपक्स नामक नयाँ भाइरस, यो कति खतरनाक ?




बेलायतमा भेटियो मन्कीपक्स नामक नयाँ भाइरस,   यो कति खतरनाक  ?

काठमाडौं । विश्व कोरोना भाइरसले आक्रान्त छ । कोराना महामारी चलेको २ वर्ष बित्न लागिसक्दा पनि यस्तो औषधि अझै पत्ता लाग्न सेकेको छैन ।

कोरोनाबारे अध्ययन अनुसन्धान भइरहेको छ । सिकिस्त र मृत्यु हुनबाट जोगाउन तथ्य अनुसार अहिले संसार कोरोना विरुद्धको खोपमा केन्द्रित छ । यसै विच अन्य थुप्रै भाइरसहरु पनि देखा परे, कति देखा पर्दैछन  हन्टा भाइरस, बर्डफ्लुको दुर्लभ प्रजातिबाट मानिस संक्रमित भएको समाचारहरु पनि आए । यहि माहामारी विच अब अर्को भाइरस बेलायतमा देखा परेको छ र मानिहरु संक्रमित भएको समाचार आएको छ ।

मन्कीपक्स नामक उक्त नयाँ भाइरसबाट बेलायतमा बेलायतमा २ जनालाई  संक्रमण भएको पुष्टि भएको छ । उत्तरी वालेसमा भेटिएका यी २ संक्रमितलाई अहिले अस्पतालमा राखेर उपचार गरिदै छ । संक्रमण पुष्टि भएकामध्ये एक जना बिरामी मे २८ मा नाइजेरियाको डेल्टाबाट बेलायत पुगेका थिए । नाइजेरियाबाट आएलगत्तै ती बिरामी परिवारकासाथ क्वारेन्टिनमा रहेका थिए । मे १० अनुहारमा डाबरजस्तो लक्षण देखिन सुरु भएको थियो । त्यसपछि छालाको नमुना लिई परीक्षणका लागि इङल्याण्डको प्याथोजिन ल्याबमा मे २४ मा पठाइएको थियो ।

यस्तै, अर्का बिरामी पनि मे २९ देखि क्वारेन्टिनमै रहेको र उनलाई मे ३१ म मंकीपक्स संक्रमण पुष्टि भएको थियो । दुवै बिरामीको अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाइएको छ ।

के हो  मंकीपक्स ?

मंकीपक्स स्मलपक्सको भाइरसकै समूह हो । मंकीपक्सको संक्रमणदर निकै कम हुने जनाइएको छ । खासगरि यो भाइरस अफ्रिकी मुलुकमा पाइन्छ र यी २ प्रकारका हुन्छन् । पश्चिमी अफ्रिकी र मध्य अफ्रिकी । विश्व स्वास्थ्य संगठनका अनुसार यो पनि जुनोटिक डिजिज हो । यो जनावरबाट मानिसमा सर्छ तर मानिसबाट मानिसमा निकै कम मात्रै सरेको पाइएको छ ।

यसको लक्षणहरु ?

मंकीपक्स घातक नहुने पनि विज्ञहरुले बताएका छन् । ज्वरो आउनु, टाउको दुख्नु, शरीर सुन्निनु, ब्याक पेन हुनु, मांशपेशीहरु दुख्नु यसको लक्षणहरु हुन् । सामान्य लक्षण देखिएको २ देखि ४ हप्तासम्म आफैं निको भएर जान्छ र मंकीपक्स सुरुमा सन् १९७० मा कंगोमा ९ वर्षका बालकलाई देखिएको थियो जबकी त्यहाँ १९६८ मानै स्मलपक्सको निवारण भएको घोषणा गरिएको थियो । कंगोमा देखिएपछि पछिका वर्षहरुमा ११ वटा अफ्रिकी मुलुकमा मंकीपक्सको केसहरु देखिन थाले ।


प्रतिक्रिया