अमेरिका, सनफ्रान्सिस्कोस्थित एक चर्चलाई गुम्बा बनाएर त्यहाँ नेपाली मूर्तिकारले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति राखिने भएको छ।
पाटन औद्योगिक क्षेत्रभित्र रहेको शाक्य ह्यान्डिक्राफ्टमा मूर्तिकार वीरेन्द्र अवालेको समूहले उक्त मूर्ति तयार गरेको हो। उक्त समूहमा कलाकार गणेश प्रजापति, रामकृष्ण महर्जन र राजु महर्जन छन्।
उक्त मूर्तिलाई सोमबार जहाजबाट लगिनेछ । तामाको उक्त मूर्ति बनाउन दुई वर्ष लागेको मूर्तिकार वीरेन्द्रले बताए । उक्त मूर्ति हेर्न पुगेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली कला र कलाकारको प्रसिद्धिलाई यो कामले थप उचाइ दिएको बताएका छन ।