कोरोना संक्रमित जर्नेल दिनेश केसीको उपचारका क्रममा निधन




कोरोना संक्रमित जर्नेल दिनेश केसीको उपचारका क्रममा निधन

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपाली सेनाका कार्यरत जर्नेल दिनेश केसीको उपचारका क्रममा निधन  भएको छ ।

१३ नं बाहिनी जावलाखेलका जर्नेल दिनेश केसी  एक साता अघि कोरोना संक्रमण पुष्टि भएर सैनिक अस्पताल छाउनीमा उपचार हुदै गर्दा बिहीबार बिहान मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

केसीको निधनबारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै दुःख व्यक्त गरेका छन् ।

क्षेत्रीले केसीको निधनबाट नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको उल्लेख गरेका छन् । हालसम्म कोरोना संक्रमणबाट नेपाली सेनाका विभिन्न दर्जाका गरी ६ जनाको ज्यान गएको छ ।


प्रतिक्रिया