काठमाण्डौ- कोभिड–१९ संक्रमणबाट एभिन्यूज खबरका कानुनी सल्लाहकार तथा बरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन भएको छ ।
उपचारका क्रममा काठमाडौंंको नर्भिक अस्पतालमा रेग्मीको निधन भएको हो । कोभिड–१९ संक्रमण भएपछि रेग्मीलाई नेपाल प्रहरी अस्पताल भर्ना गरिएको थियो । प्रहरी अस्पतालमा उपचार संम्भब नभए पछि रेग्मीलाई नर्भिक अस्पतालमा सारिएको थियो ।
रेग्मी पत्नी सपना ढुंगेलको पनि कोभिड संक्रमणका कारण १३ दिनअघि नेपाल प्रहरी अस्पतालमा निधन भएको थियो ।