नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रेको हो। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ।जोशीलाई गत फागुन १३ मा मस्तिष्कघात भएको थियो। केही दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको थियो।
जोशीको मृत्यु भएको समाचार अस्पताल तथा उनको परिवारले खण्डन गरेको छ । पछिल्लो समय उनको स्वास्थ्य अवस्था बिग्रेको चिकित्सकहरूले बताएका छन्।
‘उहाँ आफैंले श्वासप्रश्वास गर्नु भएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना राखिएको थियो। अवस्था बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेका छौं। हाल भेन्टिलेटरमै राखेर उहाँको उपचार जारी छ,’ बाँस्तोलाले बुधबार बिहान विज्ञप्ति निकालेर भनेका छन्।
डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले जोशीको उपचार जारी राखेको छ।उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो।