रक्सी र नगदमात्र चोर्ने चोर




रक्सी र नगदमात्र चोर्ने चोर

अखबारपत्र:भक्तपुर,माघ २९ । कडा सुरक्षा व्यवस्था र प्रहरीको बाक्लो उपस्थिति रहेता पनि काठमाडौं उपत्यकामा चोरीका घटना हरेक वर्ष बढ्दो छ। देशभरको तुलनामा एक चौथाई चोरीका घटना काठमाडौं उपत्यकामा मात्र हुन्छन्।
कोरोना भाइरसका कारण ठप्प भएको काठमाण्डौ उपत्यकामा विस्तारै चहलपहल शुरु हुदैगर्दा राजनैतिक अस्थिरता बढदै गएको छ । बढ्दो बेरोजगारी लामो समयको लकडाउन र अहिलेको राजनैतिक अस्थिरताका कारण पनि उपत्यकामा चोरीका घटना बढेको देखिन्छ ।

कौशलटारमा रहेको टेक्नो टेष्ट फाष्टफुडमा  चोरी

यस्तै चोरी घटना मध्य मंगलबार भक्तपुर कौशलटारमा रहेको टेक्नो टेष्ट फाष्टफुडमा  चोरी भएको छ ।
रेष्टुरेष्टका संचालक प्रभु नारायण खडकाका अनुसार राती बेलुका ९ बजे बन्द गरेर गएको भोली पल्ट विहान ७ बजे खोल्दा रेष्टुरेण्ट चोरी भएको घटना थाहा पाएको बताए । रेष्टुरेष्टमा मा रहेको विभिन्न व्राण्डको मदिरा,काउन्टरमा रहेको नगद रु २३ हजार रुपैया चोरी हुनुका साथै ४२ इन्चको टिभिमा क्षति पुर्याएको खड्काले अखबारपत्रलाई बताए ।


प्रतिक्रिया