अखबारपत्र:काठमाडौं, माघ २१। क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर काठमाडौं अन्तर्गत सि.सि.आर.सि क्लब अफ ह्युमानिटिद्वारा “मानव अधिकार” विषयमा जनचेतना फैलाउने उदेश्यले आयोजित सेकेन्ड एडिसन अफ “माइ ओपिनिअन; अ भोइस फर हुमन राइट्स” कार्यक्रम यहि मिति २०७७/१०/१७ गते सम्पन्न भएको छ।
विश्वको कुनैपनि ठाउमा कुनै न कुनै रुपमा मानव अधिकार हनन भएका कारण यसका विरुद्ध आवाज उठाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रममा अतिथिका रुपमा एम्नेष्टी इन्टरनेसनल नेपालका डिप्युटी जेनेरल सेक्रेटरि बिपिन बुढाथोकी, ब्लु डाइमण्ड सोसाइटीकि एल.जि.बि.टि.आइ एक्टिभिष्ट अपेक्षा दाहाल, सि.सि.आर.सि कलेजका द इङलिस सोसाइटी, सोसिअल क्लब, लिटरेरी सरकल, आइटी क्लब लगाएत अन्य क्लबहरुको सहभागीता रहेको थियो।
एम्नेष्टी इन्टरनेसनल नेपालका डिप्युटी जेनेरल सेक्रेटरी बिपिन बुढाथोकीले कार्यक्रममा सहभागी हुनुहुने सम्पुर्णलाई एम्नेष्टी इन्टरनेशल नेपालको सदश्य बन्न पाउने अवसर प्रदान गर्नुभएको छ।उक्त कार्यक्रममा कक्षा एघारका विद्यार्थीहरुले भाग लिएका थिए जसमध्ये पाँच जनालाई सेलेक्सन राउन्ड्बाट छानेर फाइनलमा लगिएको थियो त्यसबाट ३ जना विजयी भएका थिए।
उक्त कार्यक्रममा अत्यन्तै निपुण र अनुभवी ब्यक्तित्वहरुलाई निर्णायकका रुपमा राखिएको थियो जसले अत्यन्तै प्रभावकारी ढंगले प्रतिस्पर्धिहरु मध्ये विजेता चयन गर्नुभएको थियो। सोहि कार्यक्रममा भाग लिनेहरुमध्ये “Scarring girls:Female genital Mutilation” शिर्षकमा आफ्ना भनाइहरु प्रस्तुत गरि आयुष न्यौपाने प्रथम, “Consent based rape law in Denmark” विषयमा सन्श्कृती केशरी द्वितीय र “लागुऔषध तथा मादक पदार्थको सेवनबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असर र यस बाट बच्ने उपाय” शिर्षकमा आफ्ना तर्क प्रस्तुत गरि शुभ्रा रिमाल तृतीय हुनुभएको छ।
मानव अधिकारका बारेमा जनचेतना फैलाउने उदेश्यले एम्नेष्टि इन्टरनेशनल नेपाल,ब्लु डाइमण्ड सोसाइटीसंग सहकार्य गरि आयोजना गरिएको सेकेन्ड एडिसन अफ “माइ ओपिनिअन; अ भोइस फर हुमन राइट्स” कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको सि.सि.आर.सि क्लब अफ हुमनिटिका प्रोग्राम इन्चार्ज रोशन कुमार शाहले बताउनुभयो।