खुल्याे ड्राइभिङ लाइसेन्सको अनलाइन फारम,अब जतिपनि अनलाइन आवेदन दिन सकिने




खुल्याे ड्राइभिङ लाइसेन्सको अनलाइन फारम,अब जतिपनि अनलाइन आवेदन दिन सकिने

काठमाडौं, माघ ९। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को शुक्रबारदेखि  खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै अब नलिमिटेड अनलाइन आवेदन दिन सकिने जनाएकाे हाे ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार निश्चित कोटा सिस्टम पनि हट्ने भएकाे छ । यसअघि दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासाहरू आएका थिए ।

अनलाइन फर्म भरेका सेवाग्राहीले तोकिएको मितिमा लिखित परीक्षाका लागि लागि यातायात कार्यालय जानुपर्ने छ । विभागले गत चैतदेखि ठप्प भएको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा गत पुस १४ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया