फोटोग्राफी क्षेत्रमा नयाँ बजार खोज्न आवश्यक छ :बरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेत




फोटोग्राफी क्षेत्रमा नयाँ बजार खोज्न आवश्यक छ :बरिष्ठ फोटोग्राफर योगेन्द्र जंग  बस्नेत

अखवारपत्रःकाठमाडौं,पुस २६| काठमाडौं फोटोग्राफर संघ (केपिए) को १२औं बार्षीक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न साधारण सभाको बरिष्ठ फोटोग्राफर तथा फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा बस्नेतले फोटोग्राफी क्षेत्रमा नयाँ बजारको खोजि गर्न आवश्यक भएको बताए । उनले भने, समय पहिलाको जस्तो रहेन धेरै अघि बढिसकेकाले उहिं पुरानो शैलीले अब फोटोग्राफर बाँच्न गाह्रो हुने अवस्था सृजना भएको बताए । यसको लागि संघ संस्था तथा आम सरोकारवाला मिलेर नयाँ बजार खोज्नु पर्नेमा बस्नेतले जोड दिए ।’

आर्थिक आर्जनको लागि फोटोग्राफी उपयुक्त पेशा होईन भनेर भन्नु गलत भएको भन्दै उनले आफू के मा पछाडी छु भनेर समस्या पत्ता लगाउन र समयमै आफ्नो कलाको बजार आफैले खोज्नु पर्ने बताए ।

फोटोग्राफी आफै स्वस्फुर्त हुने रोजगारी तथा स्वरोजगार पेशा भए पनि यसलाई टिकाउन र यस क्षेत्रमा रोजगार भएर बसेकालाई वेरोजगार हुन नदिन अब सरकार तथा संघ संस्थाले पहल गर्नु पर्नेमा बस्नेतले जोड दिए।

काठमाडौं फोटोग्रफी संघले सबै फोटोग्राफरको हित र उन्नतिको लागि सबैलाई लाभ हुने काम गर्नु पर्ने बस्नेतको तर्क थियो । एक अर्कामा सहकार्य नगरी व्यवसाय अगाडि बढाउन नसकिने भन्दै बस्नेतले सबैजना मिलेर अगाडि बढ्नु पर्ने बताए ।

साथै उनले, वेडिंग फोटोग्राफीको क्षेत्र अत्यन्तै विशाल भएकोले फोटोग्राफरले कला देखाउने मुख्य माध्यम बनेको बताए । नेपाल बाहिर सात बर्ष क्रुजमा काम गर्ने अवसर पाएको प्रसंग निकाल्दै बस्नेतले भने, ‘नेपालमा हुँदा आफू सबैभन्दा बढि जान्ने जस्तो लाग्थ्यो तर जब अमेरिका पुगे मैले आफैंले आफैलाई सबैभन्दा कम जान्ने भएको महशुस गरेको थिएं ।’ बस्नेतले यो प्रसंग मार्फत सवैलाई आफूमात्र जान्ने भनेर असहयोगी नबन्न आग्रह गरेका थिए ।

बरिष्ठ फोटोग्राफर बस्नेतले फोटोग्राफीलाई कसरी उद्योगको रूपमा रुपान्तरण गर्ने भन्ने नेपाल बाहिरको फोटोग्राफीले सिकाएको बताए ।


प्रतिक्रिया