अखबारपत्र:काठमाडौँ, पुस २०।यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनलाइन फारम खुलाएको एक साता नबित्दै सर्भरमा समस्या आएको भन्दै सोमबारका लागि सेवा बन्द गरेको छ ।
यातायात व्यवस्था विभागका अनुसार सर्भरको मर्मतका लागि सोमबार एक दिन सेवा नै बन्द गर्ने निर्णय भएको छ ।
कोरोना भाइरसका कारण गत चैतदेखि बन्द भएको लाइसेन्स अघिल्लो सातादेखि खुलेको थियो । विभागले सबै प्रदेशले खुल्ला गर्न सक्ने गरि अनलाइन फारम खोल्ने निर्णय गरेको थियो ।