पत्नीको उपचारका लागि प्रचण्ड भारत प्रस्थान




पत्नीको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

पत्नी सीता दाहालको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार भारत प्रस्थान गरेका छन्।

पत्नी सीताको उपचारका लागि प्रचण्ड सोमबार बिहान साढे ११ बजे दिल्ली गएका हुन्। सीताको उपचार मुम्बईस्थित न्युरोजिन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा हुने छ। काठमाडौंबाट मुम्बई सिधा उडान नहुने भएकाले प्रचण्डको परिवार दिल्ली भएर मुम्बई जाने भएका हुन्।

यसअघि आइतबारको स्थायी कमिटी बैठकमा प्रचण्डले आफ्नी पत्नीलाई थप उपचारका लागि भारत लैजानु पर्ने भएको जानकारी दिएका थिए।

विगत केही दिनयता स्वास्थ्यमा समस्या बढेपछि  थप उपचारका लागि भारत लगिएको हो । सीताको मेडीसिटी अस्पतालमा भर्ना गरेर उपचार गराइएको थियो ।

 


प्रतिक्रिया