प्रम ओलीले चालेको कदम गैरसंवैधानिक र अमानवीय : प्रबुद्ध नागरिक भेलाको ठहर




प्रम ओलीले चालेको कदम गैरसंवैधानिक र अमानवीय : प्रबुद्ध नागरिक भेलाको ठहर

अखबारपत्र,काठमाडौँ,पौष ८ | बौद्धिक, लेखक, कवि, कलाकार तथा नागरिकहरुको काठमाडौँमा आयोजित भेलाले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको संसद विगठनको कदमलाई अत्यन्त प्रतिगामी र गैरसंवैधानिक ठहर गर्दै यसको घोर भत्सर्ना गरेको छ । भेलले यो कदमले गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई क्रुर मोड दिएको बताएको छ ।

भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको बलिदानीबाट स्थापित गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता जस्ता राजनीतिक उपलब्धीहरुमाथिको प्रहारलाई निरन्तरता दिँदै चालिएको यो प्रतिगामी कदमको सशक्त प्रतिवाद नगरे जनताले प्राप्त गरेको सिमित उपलब्धि पनि गुम्ने खतरा टड्कारो देखिएको छ । त्यसैले कोर्स करेक्सन गर्दै यो प्रतिगामी कदम तुरुन्त बदर गर्न हामी जोडदार माग पनि गर्दछौं ।’

भेलाले कुनै राजनीतिक दलको आन्तरिक खिचातानी वा शक्ति संघर्षप्रति आफ्नो प्रत्यक्ष चासो नभए पनि आफूहरु आन्दोलित हुनको मूख्य कारण लामो संघर्षपछि प्राप्त नागरिक अधिकार, राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको मूल्य मान्यतामा संविधानको प्रतिपालन र रक्षा गर्नुपर्नेहरुबाटै प्रहार हुनु रहेको जिकिरसमेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘कोरोना विश्वव्याधीले उत्पन्न गरेको जनस्वास्थ्य संकट तथा सरकारको समेत नालायकीका कारण व्यापार, व्यवसाय, कृषि, उद्यम सबैतिर पर्न गएको प्रतिकुल असर तथा जनताले दैनन्दिन जीवनमा भोगिरहेको अत्यन्त असहज परिस्थितिको सामना गर्न उद्यत हुनुपर्ने बेला प्रधानमन्त्री ओलीले चालेको यो गैरसंवैधानिक कदम भत्सर्नायोग्य मात्र होइन, अमानवीय पनि छ ।’

भेलाले यसलाई प्रतिगामी संवैधानिक कूको संज्ञा दिँदै लोकतन्त्रप्रेमी सबै तप्काका नागरिकलाई आ–आफ्नो ठाउँबाट आ–आफ्ना माध्याममार्फत सशक्त प्रतिरोधमा उत्रन आह्वान गरेको छ ।

भेलामा प्रत्यक्ष/परोक्ष सहभागी सदस्यहरु :

१. अर्चना थापा (लेखक/अभियन्ता)

२. अनिता माझी (संचारकर्मी/अभियन्ता)

३. अनुभव अजीत (नागरिक अधिकारकर्मी/अभियन्ता)

४. अस्मिना रञ्जित (कलाकार)

५. आनन्द गुप्ता (मधेसी अधिकारकर्मी/अभियन्ता)

६. आरके तामाङ (अभियन्ता)

७. आशिष घिमिरे (अभियन्ता)

८. उद्धव प्याकुरेल (अधिकारकर्मी/अभियन्ता)

९. काजी गुरुङ (अभियन्ता)

१०. केपी पाठक (चलचित्रकर्मी)

११. कैलाश राई (लेखक/अभियन्ता)

१२. खगेन्द्र संग्रौला (लेखक/नागरिक अगुवा)

१३. गुरुङ सुशान्त (लेखक/अभियन्ता)

१४. घिमिरे युवराज (रंगकर्मी/अभियन्ता)

१५. चन्द्रवीर तुम्बापो (कवि/अभियन्ता)

१६. छम गुरुङ (कवि/अभियन्ता)

१७. जेबी विश्वकर्मा (अधिकारकर्मी/अभियन्ता)

१८. ज्योति भट्टराई (कवि/अभियन्ता)

१९. डिबी आङबुङ लिम्बु (मुन्धुम अध्येता/अभियन्ता)

२०. तारालाल श्रेष्ठ (लेखक/प्राध्यापक/अभियन्ता)

२१. तुलसीदास महर्जन (लेखक/अभियन्ता)

२२. दिनेश पन्त (अभियन्ता)

२३. दुर्गाबहादुर खत्री (अभियन्ता)

२४. नरेन्द्र खतिवडा (अधिकारकर्मी/अभियन्ता)

२५. नविन तिवारी (अभियन्ता)

२६. नारायण वाग्ले (लेखक/पत्रकार/अभियन्ता)

२७. पुष्कर काफ्ले (अभियन्ता)

२८. प्रमोद संकल्पित (मधेसी अधिकारकर्मी/अभियन्ता)

२९. प्रेम वाइबा (अभियन्ता)

३०. बालकृष्ण माबुहाङ (लेखक/प्राध्यापक/अभियन्ता)

३१. बुद्धछिरिङ मोक्तान (अभियन्ता)

३२. बुद्धराज लामा (अभियन्ता)

३३. भूपाल राई (कवि/अभियन्ता)

३४. मनोज खतिवडा (अभियन्ता)

३५. मनोज पण्डित (चलचित्रकर्मी)

३६. युग पाठक (लेखक/अभियन्ता)

३७. युवराज भट्टराई (लेखक/अभियन्ता)

३८. राजन खतिवडा (रंगकर्मी)

३९. राजन काफ्ले (कलाकार)

४०. राजु स्याङतान (कवि/अभियन्ता)

४१. रुपबहादुर सुनार (अधिकारकर्मी/अभियन्ता)

४२. वसन्त रञ्जितकार (अभियन्ता)

४३. विनोद लोहनी (अभियन्ता)

४४. विमल अर्याल (नागरिक अधिकारकर्मी)

४५. विप्लव प्रतिक (कवि)

४६. श्याम श्रेष्ठ (नागरिक अगुवा)

४७. स्वर्णिम दिनेश (अभियन्ता)

४८. शिवहरी ज्ञवाली (लेखक/अभियन्ता)

४९. सरोजराज अधिकारी (संचारकर्मी/लेखक)

५०. सङ्गीत (लेखक/अभियन्ता)

५१. संघर्ष दहाल (अभियन्ता)

५२. सञ्जिव उप्रेती (लेखक)

५३. सिर्जना खड्का (संचारकर्मी)

५४. हिमाल पौडेल (संचारकर्मी)


प्रतिक्रिया