कोरोना अपडेट: २४ घण्टामा थप ९ जनाको मृत्यु, ८३० जना संक्रमित




कोरोना अपडेट: २४ घण्टामा थप ९ जनाको मृत्यु, ८३० जना संक्रमित

अखबारपत्र:काठमाडौँ, मङ्सिर २८।पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु हुनुका साथै मुलुकभर ८३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६९८ पुगेको छ । यसैगरी गत २४ घण्टामा एक हजार ५०० जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ३५ हजार ७३१ पुगेको छ । नेपालका हालसम्म दुई लाख ४८ हजार ४२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर १० हजार ९९४ जना सक्रिय सङ्क्रमित छन् ।


प्रतिक्रिया