सगरमाथाको उचाइ बढ्यो अबको नयाँ उचाइ ८,८४८.८६ मिटर




सगरमाथाको उचाइ बढ्यो अबको  नयाँ उचाइ ८,८४८.८६ मिटर

अखबारपत्र:काठमाडौँ,मङ्सिर २३।विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८८४८.८६ मिटर सार्वजनिक गरिएको हो ।

सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक  सार्वजनिक गरेका हुन्। नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गरेको हो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो।

विभागले १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो। विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस सुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो।


प्रतिक्रिया