“जुन बिषयले अहिले स्काउटमा योगदान गरिरहेको व्यक्तिहरु तथा वास्तविक स्काउटरमा ठेस् पुगेको छ । यसले स्काउट प्रतिको विश्वास नै गुम्ने अवस्था आउन सक्छ ।“
अखबार पत्र,काठमाडौँ,कात्तिक २४ । नेपाल स्काउट एक परम अनुशासित तथा गैरराजनीतिक संस्था हो । जहाँ हजारौं बालबालिकाका तथा युवाहरुको सहभागितामा स्काउटिङ्ग द्वारा जिवन उपयोगी शिक्षा प्रदान गर्ने गरिएको ईतिहास रहिआएको छ । यस संस्थाको आफ्नै पैरन, नियम, प्रतिज्ञा तथा अनुशासनको मुलभूत सिद्धान्त रहेको छ । यस्ता स्वयंसेवी संस्थालाई दलिय भागवण्डाको आधारमा राजनितिक नियुक्ति संगै राजनिति करण गरिएको बारे प्रकाशित ‘नेपाल स्काउट प्रगतिशील केन्द्रीय संघर्ष समितिले‘ आफ्नो प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेपाल स्काउट लामो समयदेखि निर्वाचित प्रतिनिधि विहिन रहेको तथा निहित स्वार्थ पूर्तिकालागि तदर्थ समिति अन्तर्गत रहेका पदाधिकारीहरुले संस्थालाई राजनिति करण गर्न खोजेको साथै माफियाको कब्जामा रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्काउटमा कसरि राजनिति मौलाउदै छ :
पछिल्लो समयमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउटको प्रादेशिक कमिटी बनाउदा नेपाल स्काउटको नियम र विधान तथा यसका बारे अनविज्ञ रहेका राजनितिक दलका नेताहरुलाई नियुक्त गरेका छन् । जुन बिषयले अहिले स्काउटमा योगदान गरिरहेको व्यक्तिहरु तथा वास्तविक स्काउटरमा ठेस् पुगेको छ । यसले स्काउट प्रतिको विश्वास नै गुम्ने अवस्था आउन सक्ने बारे नेपाल स्काउट प्रगतिशील केन्द्रीय संघर्ष समितिका संयोजक पुण्यराम गोथेले प्रेस विज्ञप्तिमा प्रष्ट पारेका छन् । जहाँ प्रष्ट हुन्छ कि संस्थामा राजनितिक नियुक्ति गरि संस्थालाई दलिय करण गर्ने तथा स्काउटको मुल्य मान्यतालाई लत्याउने काम भइरहेको छ ।
प्रेस विज्ञप्तिमा उल्लेख गर्दै गोथेले भने ” स्काउटमा व्यापक आर्थिक छलकपट तथा नितिगत भष्ट्रचार बढेको छ । साथै स्काउटको नियम मुल्य मान्यता अनुरुप सच्चा स्काउटले कुनै पनि राजनीतिक संस्थामा सदस्यता लिन नमिल्ने व्यवस्था छ । राजनीतिक सदस्यता लिने इच्छुकले स्काउट त्याग्न पर्ने हुन्छ तर प्रादेशिक कमिटीमा भने पार्टीको सदस्यता रहेको निर्वाचन लडेका नेता तथा कार्यकर्तालाई नियुक्त गरिएको छ जुन कुरा कुनै पनि हालतमा सच्चा स्काउटलाई मान्य हुने छैन ।
” उनले थपे ” स्काउटमा देखिएको अनियमितता बारे २०६८ साल मै नेपाल स्काउट प्रगतिशील केन्द्रीय संघर्ष समितिबाट हामिले बारम्बार घच्घच्याइ रहेको तथा सतर्क गराई रहेका छौँ । यदपि दशैं को षष्ठीको दिन बिना चलानि नं. तथा कसैलाई जानकारी नै नदिई प्रादेशिक कमिटीको नामावली प्रकाशन गरिएको थियो जुन कुरा ऐनबाट निर्दिष्ट हुनुपर्ने कुरालाई स्वतह आफु आफु मिलि बनाएको थियो । उक्त कमिटीमा सबैभन्दा बढि राजनीतिक दलका कार्यकर्ता रहेका छन् । जुन कुराले स्काउटमा गर्न चाहेको राजनितिबारे छर्लङ्ग हुन्छ ।”
आगामी दिनमा स्काउटको मुल्य मान्यता भित्र रहि शान्तिपुर्ण आन्दोलनको तयारिमा रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।