प्रधानमन्त्री ओलीसँग भारतीय सेनाप्रमुख नरवणेको शिष्टाचार भेट




प्रधानमन्त्री ओलीसँग भारतीय सेनाप्रमुख नरवणेको शिष्टाचार भेट

अखबारपत्र:काठमाडौं, कात्तिक २१। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन । प्रधानमन्त्रीको भेटपछि नरवणे आज शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

भारतीय सेना प्रमुख नरवणे महारथी मानार्थ उपाधी ग्रहणका लागि बुधबार नेपाल आएका थिए। नरवण्नेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सो उपाधी ग्रहण गरेका छन । प्रधानमन्त्री ओली र सेनाध्यक्ष नरबणेबीच शिष्टाचार भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि नरवणेले राष्ट्रपति भण्डारीसँग पनि शिष्टाचार भेट गरेका थिए।


प्रतिक्रिया