अखबारपत्र: काठमाडौं, कात्तिक १९। भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको विरोधमा माईतिघरमा प्रर्दशन भएको छ । माइतीघर मण्डलामा २१ दलीय मोर्चाको नाममा भेला भएर केही व्यक्तिले विरोधम प्रर्दशन गरेको हो ।
उनीहरुले नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्दै यो विषय आश्चर्यजनक भएको उनीहरुको भनाई छ । करिब तीन दर्जशन व्यक्तिहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । हाल प्रदर्शनस्थलमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारसहितका प्रहरी अधिकारी पुगेका छन् । प्रदर्शनकारीलाई हालसम्म धरपकड गरिएको छैन ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् ।