पूर्वसभामुख महराकी पत्नी सिताको कोरोना संक्रमणका कारण उपचारका क्रममा नर्भिकमा निधन




पूर्वसभामुख महराकी पत्नी सिताको कोरोना संक्रमणका कारण उपचारका क्रममा नर्भिकमा निधन

अखबारपत्र:काठमाडौं, कार्तिक १९। पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको असामयिक निधन भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

१५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान ६ः२५ बजे सिता महराको निधन भएको अस्पतालले पुष्टि गरेको छ।

उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।

सीता २०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मेकी थिइन्।

महरासँग उनको २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्।


प्रतिक्रिया