अखबारपत्र:काठमाडौं,कात्तिक १६।नेपालमा पछिल्लो २४ घण्टामा २८२४ कोरोना संक्रमित थपिएका छन भने थप २३ जनाको मृत्यु भएको छ ।
यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९६० पुगेको छ । यसअघि हिजो संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । जसमा ३७ हजार ७६५ संक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा ३६२० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ जना पुगेको छ ।