अखबारपत्र:काठमाडौं, कार्तिक १४। चन्द्रागिरी नगरपालिका-४ कोतघरस्थित ४६ बर्षीय धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा गोपाली लगायत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा तास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ७५ रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।