अखबारपत्र:काठमाडौं, कार्तिक १२। देशभर पछिल्लो २४ घन्टामा गरिएको ८२४८ पिसिआर परीक्षणमा थप १९५४ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमित संख्या १६२३५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। संक्रमणबाट नेपालमा आज ११ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८७ पुगेको छ।
नयाँ संक्रमितमध्ये ८४३ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा थप २ हजार ९८१ जनाले कोरोना जितेका छन् भने यससँगै देशभर कोरोना जित्नेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।