नेपालभर थप २९४२ जनामा कोरोना संक्रमण, उपत्यकामा १६९८ जना संक्रमित




नेपालभर थप २९४२ जनामा कोरोना संक्रमण, उपत्यकामा १६९८ जना संक्रमित

अखबारपत्रः काठमाडौं, कात्तिक २ । २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्य १६९८ जना काठमाडौं उपत्यकाका छन् । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १२ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय ३९ पुगेको छ ।  १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ। यससँगै हालसम्म कुल १२ लाख ८३ हजार ३ सय ५४ जनामा पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए ।

देशभर संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ  भने ९२ हजार १६६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३२६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित छन् ।


प्रतिक्रिया