यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् ।
देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् ।
अखबारपत्रः काठमाडौं, असोज ३०। पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यसैगरी नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७१५ जना पुगेको छ । बितेको २४ घण्टामा कोरोनाभाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
आज थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् ।
यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् ।
देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् ।