काठमाडौं उपत्यकामा अनियन्त्रित बन्दै कोरोना




काठमाडौं उपत्यकामा अनियन्त्रित बन्दै कोरोना

अखबारपत्र :काठमाडौं, असोज २६। देशभर संक्रमितको संख्या बढदै जाँदा काठमाडौं उपत्यकामा झनअनियन्त्रित रुपमा कोरोना संक्रमित थपिदै छन । पछिल्लो २४ घण्टामा नेपालभर ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ

जसमध्य काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोना भाइरस संक्तमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ हजार ८८८ भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा संक्रमण पुष्टि भएको सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै उपत्यकासहित देशभर आज १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको गौतमले जानकारी दिए ।


प्रतिक्रिया