पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना संक्रमण




पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना संक्रमण

अखबारपत्र :काठमाडौं, असोज २६। पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

१४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि देखिएको हो । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिएका हुन् ।

यससँगै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको गौतमले जानकारी दिए ।

नयाँ संक्रमितमध्ये २२८३ काठमाडौं उपत्यकाका छन् ।


प्रतिक्रिया