अखबारपत्रः काठमाण्डौ, असोज २३। सुसी किंग बेल्जियमका संचालक काशी दनाईको आर्थिक सहयोगमा आज तिलगंगामा राहत वितरण गरियो । निम्न आयस्रोत भएका ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने २० जनालाई लायन्स क्लब सनराइजद्धारा खाद्य सामग्री वितरण गरिएको हो ।
धादिङ मुल घर भएका युवा उद्यमी दनाई हाल बेल्जियममा बस्दै आउनु भएको छ । काशी दनाईकै सहयोगमा गत १९ गते सोमबारका दिन गोदाबरी नगरपालिकामा पनि राहत वितरण कार्यक्रम सम्पन्न गरेको थियो । गोदाबरीको वडा.नं.१ मुलपानी स्थित लालुपाते महिला कृषि समुह सहित लायन्स क्लब काठमाण्डौ सनराइजले राहत वितरण गरेको थियो
राहत कार्यक्रममा सोही क्षेत्रका २० जना असाहय, वृद्ध, एक महिला, फरक क्षमता भएका व्यक्तिहरुलाई लायन्स क्लब काठमाण्डौ 325 A2 का फस्ट भाइस गर्भनर श्री केशब पाण्डे ज्यूले वितरण गर्नु भएको थियो ।
केशब पाण्डे का अनुसार आगामी दिनमा पनि यस्ता सामाजिक कार्य गर्दै जाने बताउनु भयो । कोभिड को यस विषम परिस्थितिमा कोहि भोको नरहुन भन्ने हाम्रो लक्ष्य हो,त्यसैले हामीले सकेको सहयोग गर्दै आइरहेको छौ । राहत पाउँदा जुन पाउनु पर्ने व्यक्ति हो सहि व्यक्तिले मात्र राहत पाउन उहाँले बताउनु भयो ।
लायन दिपक खड्काका अनुसार ”काठमाण्डौ उपत्यकामा दिनदिनै कोरना संक्रमित बढिरहेको छ, जनता फेरी लकडाउन हुने हो कि भनेर त्रासमा छन निम्न आय भएका जनता रोगले भन्दा पनि भोकले मर्न बाध्य भएका छन । यस्तो आहतमा हामीले बाडेको थोरै राहतले पनि कसैको भोक मेटन सहयोग गरको छ भनेर नै हामी खटिरहेका छौ”खड्काले बताउनु भयो।
उक्त कार्यक्रममा लायन्स क्लबका अध्यक्ष प्रदिप कुमार कर्माचार्य लगायत डिस्ट्रिकका विभिन्न पदाधिकारीहरुको उपस्थित रहेको थियो ।