आहतमा राहत : नेपाल लायन्स क्लब काठमाण्डौ सनराइजद्धारा ललितपुरमा राहत वितरण




आहतमा राहत : नेपाल लायन्स क्लब काठमाण्डौ सनराइजद्धारा ललितपुरमा राहत वितरण

अखबारपत्रः ललितपुर, असोज २३। नेपाल लायन्स क्लब काठमाण्डौ सनराइजले ललितपुमा राहत वितरण गरेको छ ।

मिति २०७७ असोज १९ गते ललितपुको अशोक पार्टी प्यालेसमा बिहान ९ बजे ९० जना असाहय, वृद्ध महिला, न्युन आय भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको हो ।

यसै गरी सोही दिन ११ बजे सुसी किंग बेल्जियका संचालक काशी दनाईको आर्थिक सहयोगमा गोदाबरी नगरपालिकामा पनि राहत वितरण कार्यक्रम सम्पन्न गरेको थियो । गोदाबरीको वडा.नं.१ मुलपानी स्थित लालुपाते महिला कृषि समुह सहित लायन्स क्लब काठमाण्डौ सनराइजले राहत वितरण गरेको लायन दिपक खड्काले अखबारपत्रलाई  जानकारी दिनु भयो ।

राहत कार्यक्रममा सोही क्षेत्रका २० जना असाहय, वृद्ध, एक महिला, फरक क्षमता भएका व्यक्तिहरुलाई लायन्स क्लब काठमाण्डौ 325 A2 का फस्ट भाइस गर्भनर श्री केशब पाण्डे ज्यूले वितरण गर्नु भएको थियो ।

LCK सनराइजका अध्यक्ष प्रदिप कुमार कर्माचार्यले क्लबले गरेका कार्यक्रमका बारेमा प्रकाश पार्नु भयो भने लायन दिपक खड्काले लायन्स क्लबको आगामी कार्यक्रम बारे बोल्नु भएको थियो ।

उक्त कार्यक्रममा लायन्स क्लब र डिस्ट्रिकका विभिन्न पदाधिकारीहरुको उपस्थित रहेको थियो ।


प्रतिक्रिया