सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, लकडाउन हुने सम्भावना कति ?




सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, लकडाउन हुने सम्भावना कति ?

अखबारपत्रः काठमाण्डौ, असोज २२। देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबार मात्रै थप ३ हजार ४३९ जना कोरोनाका संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो।

असोज ७ गते मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने मन्त्रालयको भनाइ छ ।

त्यसैले, मन्त्रालयले देशभर सक्रिय संक्रमित २५ हजार नाघेमा फेरि लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरेको थियो ।
सरकारले यो सिफारिसलाई कार्यान्वयन गर्छ या के गर्छ भन्नेमा चाहिँ थप जानकारी दिइएको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपनि स्वास्थ्य मन्त्रालयलाई बन्दाबन्दी गर्ने अधिकार नभएको बताए । २५ हजार भन्दा माथि सक्रिय संक्रमित पुगेको अवस्थामा स्वास्थ्य संस्थाहरूले धान्न नसक्ने भनेर आंकलन गरेर यस्तो सिफारिस भएको उनको भनाइ छ ।

काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले भदौ ३ देखि तीन सातासम्म निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि सरकारले थप क्षेत्रहरु खुला गर्दै लगेको छ । र, त्यहीबेला स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस गरेपछि दशैंकै बेला देशभर बन्दाबन्दी त हुने होइन भन्ने त्रास सबैतिर छायो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसारअस्पतालको क्षमता हेरेर लकडाउन गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने जानकारी दिए । ‘अस्पतालको क्षमताले भ्याएसम्म लकडाउन गर्दैनौं । अन्यथा त गर्नैपर्ने हुन्छ’ उनले भने ।

https://akhabarpatra.com/2020/10/08/the-number-of-active-infected-has-exceeded-25000-what-is-the-probability-of-locking-up/


प्रतिक्रिया