प्रधानमन्त्रीका सल्लाहकारसहित बालुवाटारका ७६ जनामा कोरोना संक्रमण पुष्टि




प्रधानमन्त्रीका सल्लाहकारसहित बालुवाटारका ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,असोज १७  । शुक्रवार गरिएको कोरोना रिपोर्ट परीक्षणमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका त्रय सल्लाहकार, राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई भने संक्रमण देखिएको छ ।

प्रधानमन्त्रीको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।


प्रतिक्रिया