अखबारपत्रः काठमाण्डौ,
१३ असोज । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउँनेको संख्या ४९१ पुगको छ ।
त्यस्तै आज १ हजार ५१३ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।
जसमा सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगको छ । यसैगरि पछिल्लो २४ घण्टामा ७३१ कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।