सुन गोहोरासहित रामेछापको दुई जना पक्राउ




सुन गोहोरासहित रामेछापको दुई जना पक्राउ

अखबारपत्र: काठमाडौं, असोज ६। काठमाडौंको मुलपानीबाट दुर्लभ वन्यजन्तु सुन गोहोरासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ का २१ वर्षीय बिशाल तामाङ र सोही ठाउँका १९ वर्षीय सुभास तामाङ रहेका छन् । सुन गोहोरो सरीसृप वर्गमा पर्ने दुर्लभ जनावर हो ।

कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीमा डेरा गरी बस्ने रामेछापको गोकुलगंगा गाउँपालिका–६ का मोहन तामाङको कोठा खानतलासी गर्ने क्रममा सुन गोहोरा बरामद भएको प्रहरीले जनाएको छ । अन्दाजी १.५ इन्च लामो जिउँदो अवस्थामा रहेको सुन गोहोरा चकलेटको बट्टामा लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुर्लभ वन्यजन्तु बिक्री वितरण गर्ने उद्देश्यले लुकाएर राखेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्तवाट खटिएको टोलीले सुन गोहोरासहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको सुन गोहोरा प्रमाणीकरण तथा थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय काठमाडौंमा समन्वय भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया