पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र ७६७ संक्रमित




पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र ७६७ संक्रमित

अखबारपत्र : काठमाडौ- असोज ४।  २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भने काठमाडौं उपत्यकामा मात्र ७६७ जना सक्रमित थपिएका छन । संक्रमितमध्ये काठमाडौंमा सर्वाधिक ६०२ जना रहेका छन् भने ललितपुरमा ६४ र  भक्तपुरमा १०१ जना रहेका छन् ।
नेपालमा थप १० जना कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ यो सँगै मृत्यु हुनेको संख्या ४११ जना पुगेको छ ।

देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र ९६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ४६ हजार २३३ जना पुगेको छ ।


प्रतिक्रिया