अखबारपत्र : काठमाडौ- असोज ४। कोरोना संक्रमणबाट पहिलोपटक नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।
ब्लड क्यान्सरका बिरामी समेत रहेका उनको भदौ २९ गते मृत्यु भएको थियो ।
उनको असोज १ गते कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो । नेपालमा सुरक्षा निकाय (सेना)का जवानको कोरोनाको कारण मृत्यु भएको पहिलोपटक हो ।
हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण भएको पौडेलले बताए । जसमा १ हजार ६५४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन भने ४०१ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् ।