पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४०० नाघ्यो




पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४०० नाघ्यो

अखबारपत्र

काठमाडौं, असोज ३। पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ । ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया