काठमाडौं उपत्यकामा एकै दिन थप ७३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उपत्यकामा एकै दिन थपिएकाे याे संख्या अहिलेसम्मकै उच्च हाे। मंगलबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ७३७ जनामा कोरोना संक्रमण देखिएको हो।
त्यसमध्ये काठमाडौंका ६५२, ललितपुरका ६० जना र भक्तपुरका २५ जना छन्। पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबारमात्रै एक हजार ६८ जना निको भई घर फर्किसकेका छन् भने थप ८ जनाले ज्यान गुमाएका छन्।