कुलमानको समर्थनमा माइतीघरमा प्रदर्शन, प्रदर्शनकारीलाई लखेट्न पानीको फोहोरा




कुलमानको समर्थनमा माइतीघरमा प्रदर्शन, प्रदर्शनकारीलाई लखेट्न पानीको फोहोरा

अखबारपत्र
काठमाडौं, भदौ३१।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
समूह समूहमा माइतीघरतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको छ ।प्रदर्शनकारीलाई लखेट्न पानीको फोहोरा पनि हानिएको थियो ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भदौ २९ देखि विदाइ भएका छन् । तर उनलाई पुनः नियुक्ति गर्नुपर्ने भन्दै सडकमा र सामाजिक सञ्जालबाट दबाब बढेको छ ।

तर सरकारले कोरोना महामारी रोकथामका लागि लगाइएको निषेधाज्ञामा काठमाडौं उपत्यकामा भेला, प्रदर्शन गर्न रोक लगाइएको छ ।


प्रतिक्रिया