लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि खुल्ने




लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि खुल्ने

अखबारपत्र – काठमाडौं, भदौ ३०। सरकारले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लकडाउन घोषणा भएदेखि बन्द रहेका लामो दूरीको यातायात र आन्तरिक उडान सर्तसहित स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर सुचारु गर्न दिने निर्णय भएको छ ।

यस अगाडि नै असोज १ गतेबाट यातायात चलाउने चेतावनी यातायात व्यवसायीले दिँदै आएका थिए। कोरोना संक्रमण बढ्दै जाँदा देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा रहेको छ।


प्रतिक्रिया