२४ घण्टामा कोरोना संक्रमणबाट थप ५ को मृत्यु,उपत्यकामा ६९६ जनामा कोरोना संक्रमण




२४ घण्टामा कोरोना संक्रमणबाट थप ५ को मृत्यु,उपत्यकामा ६९६ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ भदौ ।  पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यस्तै आज थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको ५१ हजार ९१९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९७२ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ ।


प्रतिक्रिया