काठमाडौं, भदौ २६। आयुर्वेद क्षेत्रको विकास,विस्तार तथा उपचारमा आयुर्वेद को प्रयोग बढाउने उद्देश्यले प्रधानमन्त्री कार्यालय बालुवाटारमा बिशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बालुवाटारमा भएको उक्त बिशेष अन्तर्क्रिया कार्यक्रममा सम्माननिय प्रधानमन्त्री के.पी ओली तथा नेकपाका अध्यक्ष प्रचण्ड को उपस्थिति थियो । आयुर्वेद क्षेत्रका विभिन्न संघ संस्था तथा आयुर्वेदका विज्ञहरुको उपस्थिति सहित अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आयुर्वेद उत्पादक संघका प्रतिनिधिहरु विभिन्न संस्थाका संस्था प्रमुखहरुको समेत उपस्थिति थियो । आयुर्वेदका विविध विषयवस्तुमा विभिन्न संस्था प्रमुख तथा व्यक्तित्व बाट व्यक्त भएका कुराहरूलाई गभिरतापूर्वक सुनी आयुर्वेदको विकास र विस्तारको लागि सरकारको प्रतिबद्ध रहेको प्रधानमन्त्री ओली बताएका छन ।
उक्त कार्यक्रममा प्रधानमन्त्री ओलील सम्पुर्ण आयुर्वेदको विकास र थप बजेट सम्बन्धमा समेत विशेष चासो व्यक्त गरेका थिए ।
कोभिड(१९) को नियन्त्रण र उपचारमा आयुर्वेद को प्रयोग बढाउने विषयमा पनि अन्तक्रिया कार्यक्रममा छलफल भएको थियो । उक्त कार्यक्रममा आयुर्वेदिक विधाको प्रचारप्रसार गर्ने, जनचेतना अभिवृद्धि गर्ने र आयुर्वेद चिकित्सा लाई निरोगी नेपाल अभियानमा मुख्य भूमिका सहित अगाडि बढाउने निर्देशन भयो।
उत्पादक संघले बिगत ११ महिना अघि सम्माननिय प्रधानमन्त्री समक्ष राखेको दस्तावेज पुनः स्मरण गराउँदा सो दस्तावेजमा रहेका कुराहरुको उचित सम्बोधन गर्ने प्रतिबद्धता प्रधानमन्त्री व्यक्त गरेका छन ।
प्रधानमन्त्रीले सम्पुर्ण आयुर्वेदको विकास र थप बजेट सम्बन्धमा चासो व्यक्त गरी सकारात्मक संदेश दिनुभएको छ ।
उँहाले देखाउनु भएको चासो तथा सकारात्मकताले थप उर्जा मिलेको आयुर्वेद क्षेत्रका विभिन्न संघ संस्था प्रतिनिधि तथा आयुर्वेदका विज्ञहरुले बताएका छन ।