काठमाडौं, भदौ २४। उपत्यकाका तीन वटै जिल्ला सिडिओहरुले भोलिबाट निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका छन् ।
भदौ ३ गतेबाट जारी भएको उपत्यकाको निषेधाज्ञा केही खुकुलो पार्दै भदौ ३१ गतेसम्मका लागि थपिएको छ।
व्यापार/व्यवसाय, जोरबिजोर प्रणालीमा १६ सिटभन्दा माथिका सार्वजनिक यातायात र निजी सवारी साधान समेत चल्न पाउनेछन्।
निषेधाज्ञा थप खुकुलो भएपनि पार्टी प्यालेस, फिटनेस सेन्टर, मनोरञ्जनका क्षेत्र र शैक्षिक संस्था भने सञ्चालन भने चलाउने पाइने छैन ।
निषेधाज्ञाको कारण व्यापार व्यवसाय बन्द हुँदा श्रमिकको बिचल्ली भएको भन्दै निषेधाज्ञा हटाउन चौतर्फी माग भइरहेको थियो ।
लामो समयको लकडाउन र फेरि तीन सातादेखि जारी रहेको निषेधाज्ञाका कारण सर्वसाधारण जनता भोक भोकै बस्नु पर्ने अवस्था सृजना भइरहेका बेला उपत्यकाका प्रजिअहरुको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेका हुन् ।