अखबारपत्र, काठमाडौँ, भदौ २४। २४ घण्टामा देशभर थप १०८१ जनामा संक्रमण पुष्टिसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४९ हजार दुई सय १९ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्र थप ४६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय १२ पुगेको छ ।