चौबिस घण्टामा थप ९०२ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु




चौबिस घण्टामा थप ९०२ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

अखबारपत्र

काठमाडौँ, भदौ २३ । बितेको २४ घण्टामा देशभर थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भने ६ जनाको मृत्यु भएको छ।

आज सम्म कोरोना भाइरसको कारणले मृत्यु हुनेको जम्मा संख्या ३ सय ६ पुगेको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको जानकारी दिए ।
नेपालमा आज थप २२८७ जना कोरोना संक्रमित निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ३२९६४ पुगेको छ ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८१५ जना रहेका छन् । यस्तै आज १० हजार ६११ जनाको पीसीआर परीक्षण भएको छ ।


प्रतिक्रिया