दुई दिन वीर अस्पताल बन्द रहने, अस्पतालका ७१ कर्मचारीमा सङ्क्रमण पुष्ठी




दुई दिन वीर अस्पताल बन्द रहने, अस्पतालका ७१ कर्मचारीमा सङ्क्रमण पुष्ठी

दिवाकर उप्रेती,समाचारदाता

काठमाडौँ, भदाै १६ गते । वीर अस्पतालमा कार्यरत १३ जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पतालले सेवा बन्द गर्ने भएकाे छ । ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण रुपमा बन्द गर्न लागेकाे हाे ।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले आज मात्र १३ जना गरी जम्मा ७१ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएकोले बुधबार र बिहीबार अस्पताल पूर्ण रुपमा बन्द गरी स्यानिटाइजेसन तथा सरसफाइ गरिने बताउनुभयो । उहाँले मङ्गलबार कोरोना देखिएकोमा एक चिकित्सक, छ जना नर्स, दुई फर्मासिष्ट र चार जना स्वीपर तथा कार्यालय सहयोगी रहेकाे बारे अखबारपत्रलाई बताउनुभयाे ।


प्रतिक्रिया