अखबारपत्र:काठमाडौँ, मङ्सिर २६ ।बलिवुडको चर्चित कोरियोग्राफर तथा डाइरेक्टर रेमो डेसुजालाई हृदयघात भएको छ । उनको अहिले मुंबईको कोकिला बेन अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार दिउँसो हृदयघात भएपछि मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालमा भर्ना गरेको एबिपी न्युजले जनाएको छ।
उनी अस्पताल भर्ना भएको निर्देशक अहमद खानले पुष्टि गरेका छन्।
एबिपी न्युजका अनुसार अहिले उनलाई अस्पतालको आइसियूमा भर्ना गरिएको छ। कोरियोग्राफर डिसुजाकी पत्नी लिजेल पनि उनको साथमा छन्।