भारतीय विदेशसचिव हर्षवर्धन नेपाल भ्रमणमा आउने




भारतीय विदेशसचिव हर्षवर्धन  नेपाल भ्रमणमा आउने

अखबारपत्र:काठमाडौँ, कात्तिक २५ ।भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन्।

भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथी पदवी थापेर फर्किएलगत्तै भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका हुन् ।

भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै नोभेम्बर २६ गते श्रींगला काठमाडौं आउने उल्लेख गरेको छ।

स्थल सेनाध्यक्ष नरवणे नेपाल आउनु केही दिनअघि मात्रै भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल आएका थिए । विदेश सचिव श्रृंगलाको भ्रमण भारतीय उच्च अधिकारीहरुले पछिल्लो महिना लगातार गरेको तेश्रो ठूलो भ्रमण हुनेछ ।

भारतीय सेना अध्यक्ष मनोजमुकुन्द नरवणे नेपाल भ्रमणबाट फर्किएको केही दिनपछि नयाँदिल्लीले  राजनीतिक तहको वार्ताका लागि विदेश सचिवलाई नेपाल पठाउने निर्णय गरेको हो।

हिन्दुस्तान टाइम्सकाअनुसार गत महिनानै उनले राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्माओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी भरतराज पौडेल लगायतसँग भेटवार्तासहितको बैठक गर्ने योजना तय भैसकेको छ ।


प्रतिक्रिया